अर्जुनधारा ।
स्वच्छ समाजका लागि सामाजिक अभियान झापालाई अर्जुनधारा ११ का चौधरी परिवारले जग्गा खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।
दृष्टि बिहिन तथा असहायहरुको लागि आवास निर्माण गर्न अर्जुनधारा–११ स्थित सालबारीमा अभियानले २ कठ्ठा ७ धुर जमिन खरिद गरेको अध्यक्ष गणेश ढुंगानाले जानकारी दिए ।
टुटेफुटेका सिसा तथा प्लास्टिक सकलन गरि बिक्री गरि आएको रकम तथा दाताबाट संंंंंंकलन गरिएको रकमले जग्गा खरिद गरिएको अभियानले जनाएको छ ।
खरिद गरिएको जग्गाको १६ लाख तिर्न बाँकी रहेकोले हाल एक धुर एक ब्यक्ती सहयोग कार्यक्रम अन्तरर्गत बिश्वास कृषि फमका संचालक एवम् युवा ब्यवसायी डम्बर चौधरी एवम् धर्मपत्नी हिरा चौधरी र बुबा गणेश चौधरी आमा लक्ष्मी चौधरीले पितृहरुको मोक्ष एवम् स्मृतिमा अभियानलाई एक लाख एक हजार एक सय एघार रुपैयाँ रकम अभियानलाई सहयोग गरेका हुन् ।
कार्यक्रम सामाजिक ब्याक्तित्व पूर्व प्रधानाध्यापक बच्चेलाल चौधरी, सामाजिक ब्याक्तित्व गोपिचन्द्र खरेल, अभियानका बोल प्रसाद कोइराला लगायतले दाता चौधरी परिवारले राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।