झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । आज बुधबार नगरको सभाहलमा आयोजित एक कार्यक्रमकाबिच आर्थिक बर्ष २०८१÷०८२ को नीति, बजेट तथा कार्यक्रम समेटिएको पुस्तिका सार्वजनिक गरिएको हो । 

नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पुस्तिका सार्वजनिक गरेका हुन् ।

नगरले यसअघि नै आर्थिक बर्ष २०८१र०८२ का लागि नगरका सवै क्षेत्रलाई समेटेर एक अर्व, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । 

नगरको शिक्षा, स्वास्थ्य, बाटो, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त बजेट सार्वजनिक गरेको थियो ।

नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगर उप–प्रमुख संग्रौलाले स्वागत गरेका थिए भने सञ्चालन नगरका शाखा अधिकृत मेघराज बास्तोलाले गरेका थिए ।