झापा

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक गणेश पौडेलले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने बताएका छन् ।

केहि दिन अगाडि सरुवा भएर आएका झापा ट्राफिक प्रहरी प्रमुख पौडेलले बुधबार जिल्लाका  सञ्चार कर्मीहरूसँग  परिचयात्मक कार्यक्रममा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा केन्द्रित भएर आफु लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा लागि पर्ने उनले बताए ।

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि सबैको सबै सम्बन्धित सरोकारवालासंग समन्वय गर्दै काम गर्ने उनले बताए । त्यसकालागि उनले सबैको साथ सहयोगको खाँचो रहेको औंल्याए ।

आउँदै गरेको चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना पनि चाँडै ल्याउने उनले जानकारी दिए ।