बिर्तामोड

झापाको बिर्तामोड स्थित जिएम कलेजमा कानून संकायको बीएलएएबी पढाइ हुने भएको छ । कलेजका प्राचार्य सरस्वती भुर्तेलले राजार्षी जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कानून संकायको बीएलएएबी कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिइन् ।

अब जिएम कलेजमै १२ कक्षा उत्तीण विद्यार्थीले बीएलएएबी अध्ययन गर्न सक्ने भएका छन् । बीएलएएबी पढ्न इच्छुक विद्यार्थीलाई अब सहज भएको छ । बाहिर गएर पढ्नु पर्ने बाध्यताको अन्त्य भएको हो । 

झापा सहित पहाडि जिल्ला इलाम, ताप्लेजुङ र पाँचथरका कानुन विषय लिएर उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका अब सहज हुने भएको छ ।

पाँच वर्षे कोषका लागि झापा बाहिर अध्ययन गर्दा १५ लाख भन्दा बढी खर्च हुने अवस्थामा गोमेन्द्र कलेजबाट १० सेमिस्टरको अध्ययन पूरा गर्दा ६ लाख ८० हजार रुपैयाँ लाग्ने कलेज प्रशासनले जनाएको छ ।

अध्ययन गर्ने विद्यार्थीका लागि २ लाखसम्मको दुर्घटना बिमा तथा अध्ययन ऋणका लागि आधार दरको २ प्रतिशत सहुलियत ब्यजदरमा एनएमबी बैङ्कसँग सम्झौता भई सिफारिस गर्ने व्यवस्था समेत मिलाइएको प्राचार्य भुर्तेलले बताइन् । कलेजको आफ्नै भवनमा प्रयोगात्मक सिकाइका लागि इजलाससमेत रहेको जनाइएको छ ।