बिर्तामोड : मेची पेट्रोलियम ढुवानी सेवाको दोस्रो बार्षिक साधारण सम्पन्न भएको छ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालको प्रमुख आतिथ्य तथा मेची पेट्रोलियम ढुवानी सेवाका अध्यक्ष टिकाराम बहादुर पिठाकोटे मगरको अध्यक्षतामा आज बिर्तामोडमा साधारणसभा गरिएको हो ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएनका केन्द्रिय सदस्य तथा मेची पेट्रोलियम ढुवानी सेवाका उपाध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन सेवाका सचिव तोकप्रसाद दुलालले गरेका थिए ।

कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नबिन कोइराला, आयल निगम चारआली शाखा प्रमुख गीता सापकोटा , सेवाको पूर्व अध्यक्ष प्रेमप्रसाद दाहाल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

_1736908732.jpg)
कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पिठाकोटेले मेची पेट्रोलियम ढुवानी सेवा दर्ता पश्चात धेरै नै सहज भएको बताए । उनले ढुवानी सेवा र मेची पेट्रोलियम डिलर्स एशोसिएसनको संयुक्त पहलले गर्दा भारतबाट तेल ल्याउन सहज भएको बताएका हुन् ।

उनले पेट्रोल ढुवानी गर्दा भारतीय आयल निगम आइओसीले नेपालका ढुवानी ट्याङ्करहरुलाई बिहान ११ बजेदेखि मात्र लोडिङ दिने गरेको थियो तर सेवा दर्ता संगै आइओसीले बिहान ८ः३० बजेबाट नै लोडिङ दिन सुरु गरेको उल्लेख गरे ।
कार्यक्रममा मेची पेट्रोलियम ढुवानी सेवाका कोषाध्यक्ष बिनोद चापागांई, सदस्य उत्तमकुमार श्रेष्ठ, अमित सरिया, गौरीप्रसाद भण्डारी, सल्लाहकार समितिका संयोजक चन्द्रबहादुर डांगी, भुपालराज कटुवाल, प्रेमप्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो ।