नेपाल खेलकुद महासंघ झापा जिल्लाको अध्यक्षमा रबिन खरेल निर्वाचित भएका छन् । आज शनिबार नेकपा एमाले जिल्ला पाटी कार्यलय बिर्तामोडमा सम्पन्न दोस्रो अधिबेशनबाट महासंघ झापाको अध्यक्षमा खरेल निर्विरोध चयन भएका हुन् । 

दुई बर्षे कार्यकालकालागि समितिको उपध्यक्षमा शुक्रराज भण्डारी चयन भएका छन् । उनी यस अघिको समितिको सचिव हुन् । त्यस्तै उपाध्यक्षमै सिर्जना श्रेष्ठ, सचिवमा तुलसी कार्की , उप सचिव एवन कटुवाल, गणेश कार्की, कोषाध्यक्षमा ओसिन तामाङ निर्वाचित भएका छन् । 

 त्यस्तै समितिको सदस्यहरूमा ३५ जना चयन भएका छन् ।  नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज विप्लब घोषको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भवानी बरालको अध्यक्षतामा उद्धघाटन कार्यक्रम भएको हो । 

महासंघ केन्द्रिय सचिवालय सदस्य तथा झापा ईन्चाज रबिन खरेलले स्वागत गरेको कार्यक्रमको सन्चालन महासंघ झापा सचिव शुक्रराज भण्डारीले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि घोष , नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, नेकपा एमाले झापा उपाध्यक्ष शिव ढुङ्गेल, सितोरिया करांते प्रशिक्षक मदनकुमार उप्रेती, नकोका केन्द्रिय स्थायी कमिटी सदस्य चन्द्र प्रसाई, कोशी प्रदेश अध्यक्ष राजकुमार थापा, केन्द्य्रिय सचिव सन्तोष बान्तवा लगायतले शुभकामना मनतब्य राखेका थिए ।