झापा 

साहित्य चौतारी झापा नेपालले ६० औं राष्ट्रिय बाल दिवस तथा मासिक काव्य सभामा भारतका बिभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गरेको छ । 

साहित्य चौतारी झापाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले  पहिलोपटक भारतका बिभिन्न प्रान्तमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गरिएको जानकारी दिए । 

कार्यक्रममा भारत दार्जीलिङका गोर्खा दुःख निवारक सम्मेलन, नेपाली साहित्यिक सम्मेलन, हिमालय कला मन्दिर, खर्साङका गोर्खा जनक पुस्तकालय, जागृति परिवार, गोर्खा संस्कृतिक संस्थान, शिलगढीका शिलगढी देवकोटा संघ, शिलगढी भानुभक्त समिति, आश्रामपाडा नेपाली शिव मन्दिर समिति, नेपाली साहित्य प्रचार समिति, मतिगडा गोर्खा कल्याण संघ, गान्तोकको

सिक्किम साहित्य परिषद्, गेजिङका पश्चिम सिक्किम साहित्य प्रकाशन, कालेङपुङका नेपाली साहित्य अध्ययन समिति, आसामका आसाम नेपाली साहित्य सभा, मणिपुरका मणिपुर नेपाली साहित्य परिषद्, डुबर्सको डुबर्स नेपाली साहित्य परिषद,

सिलङको  सिलोङ नेपाली साहित्य परिषद्, सलुवाको अगमसिंह गिरी संस्थान, मिरिकको चिमल क्लव परिवार, मिरिक साहित्य सुनौ परिवार लाई सम्मान गरिएको हो ।  

 नेपाल र भारतका विभिन्न श्रष्टाहरुलाई रथारोहण, अभिनन्दन, सम्मान गर्दै आएको साहित्य चौतारीले रजत वर्ष अभियान समाप्त गरीसकेको र  पहिलो पटक भारतका बिभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान प्रदान गर्न लागिएको साहित्य चौतारी झापाका संस्थापक, संरक्षक तथा अध्यक्ष  श्रेष्ठले बताए । 

स्थापनाको २० वर्षभन्दा वढी क्रियाशिल रहेका साहित्यिक संघसंस्थाहरुलाई नगद अक्षयकोषद्वारा संस्थागत अभिनन्दन गरिएको थियो भने १० वर्षभन्दा वढी क्रियाशिल रहेका साहित्यिक संघसंस्थाहरुलाइ सम्मानपत्रद्वारा सम्मान गरिएको कार्यक्रमा भारतका १३ संस्थालाई सम्मान गरिएको हो ।