बिर्तामोड

झापा कारागार चन्द्रगढीमा कैद भुक्तान गरिरहेका एकजना कैदी फरार भएका छन् । कारागारमा कैद भुक्तान गरिरहेका जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी २४ वर्षीय जीवन साह ओमसाई पाथिभरा अस्पताल भद्रपुरबाट भागेका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिकोमा शौचालयबाटै उनी भागेका हुन् ।

छातीमा समस्या भएपछि भद्रपुर ५ घर भएका साहलाई भदौ २५ गते बिहान प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि ओमसाई पाथिभरा अस्पतालमा रेफर गरिएको थियो ।

यता भागेका कैदी साहको खोजी कार्य तिब्र बनाइएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । साथै उनले चांडै प्रक्राउ पर्ने बताए । 

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काएर भागेका थिए । भागेको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए ।