बिर्तामोड । पाँच वर्षीया एक बालिकालाई मुख मैथुन गराउने बिर्तामोड ३ सैनिकमोडका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५२ वर्षीय प्रदीप साह रहेका छन् ।

उनले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाईफकाई मुख मैथुन गराएका थिए । त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई सुनाएपछि उनीहरुले हिजो इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए ।

प्रहरीले हिजो नै साहलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।