सन्तोष न्यौपाने÷झापा 

झापाको बिर्तामोड ६ स्थित बुट्टाबारीमा अत्याधुनिक प्रविधिबाट टायरको हट  रिसोलिङ सेवा सुरु भएको छ ।  शिवशक्ति टायर रिसोलिङ उद्योगले उक्त सेवा आज मङ्लबारदेखि सञ्चालनमा ल्याएको हो । शिवशक्तिले भारतको केरेलाबाट मिडास कम्पनीको रबर नेपालमै पहिलो पटक भित्र्याएर हट रिसोलिङ सेवा सुचारु गरेको सञ्चालक गौरी भण्डारीले जानकारी दिए ।   

उद्योगले भित्र्याएको हट टायर रिसोलिङ गर्ने अत्याधुनिक मेशिनको एक कार्यक्रमका बिच प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिशिष्ट अतिथि नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराईले संयुक्त रुपमा पानसमा बत्ती बालेर तथा रिबन काटेर गरेका छन् । 

pic riban

उनीहरुले टायरको हट रिसोलिङ सेवाले गाडि व्यवसायीलाई फाइदा पुग्ने बताए । रिसोलिङ गरेको टायर नयां जत्तिकै बलियो तथा टिकाउ हुने हुंदा व्यवसायीलाई आर्थिक भार समेत कम पर्न जाने उनीहरुको भनाई थियो ।  

शिबशक्तिले धेरै बर्ष पहिलादेखि नै कोल्ड रबर रिसोलिङ सेवा भने दिंदै आएको छ । बिगत १६ बर्षदेखि शिबशक्तिले बिर्तामोडमा सेवा प्रदान गर्दै आएको छ । नयां टायर खरिद गर्दा भन्दा मिडास कम्पनीको रबर मेशिनद्धारा रिसोलिङ गर्दा धेरै नै सस्तो पर्न जाने शबशक्तिका सञ्चालक गौरी भण्डारीको भनाई छ । उनले नयां खरिद गर्दा भन्दा यो कम्पनीको रबर लगाएर टायर रिसोलिङ गर्दा कम्तीमा पनि ५० प्रतिशत खर्च कम आउने बताए । टायरहरु ग्यारेन्टीका साथ रिसोलिङ गरिने बताए ।  

pic 3

उनले नयां जत्तिकै बलियो , लङलास्टीङ , आकर्षक समेत हुने बताए ।  विश्व बजारमा धेरै नै चलेको , बलियो तथा टिकाउ हुने भएका कारण मिडास कम्पनीको रबरद्धारा शिवशक्तिले ट्याक्टर, जेसिबी, ग्रेडर, लोडरको टायरको हट  रिसोलिङ सेवा सुरु गरेको जनाएको छ । 

शिबशक्तिमा ट्याक्टरको बिचको १६–९–३०, १६–९–२८, १४–६–२८, १३–६–२८ साइजको टायरहरु रिसोलिङ गरिनेछ । 

त्यस्तै ट्याक्टरको अगाडिको ९–५–२४, ११–२–२४, ११–२०  लगायत साइजका टायरहरु रिसोलिङ गरिनेछ । 

त्यस्तै जेसिबीको १६–९–२८, १२–५–८०–१८ साइजको टायर रीसोलिङ गरिने जनाइएको छ । त्यस्तै ग्रेडर तथा लोडरको १३–२४, १४–२४ साइजको टायर समेत रिसोलिङ गरिन्छ । 

pic 2 tayar

शिबशक्तिले मिडास कम्पनीकै कोल्ड रबरबाट ट्याक्सी, बस, ट्रक, टिपर,टयाङ्कर, छोटा हात्ति लगायतका सवारीको धेरै बर्ष पहिला देखि नै टायर रिसोलिङ गर्दै आएको छ । 

सञ्चालक भण्डारीले औचित्माथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन उद्योगका व्यवस्थापक युवराज नेपालले गरेका थिए । 

pic 4

कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, बिशेष अतिथि भट्टराई, रुद्र नेपाल लगायतले मनतब्य राखेका थिए । कार्यक्रममा व्यवसायी तथा समाजसेवी छिरिङ शेर्पा, आबद्ध सहकारीका अध्यक्ष नरेश भट्टराई, व्यवस्थापक पर्वत चिमरिया, लक्ष्मी थापा भण्डारी, सञ्चालकका अभिभावक गणेश भण्डारी , गुरु देबी प्रसाद शर्मा , लगायतको आतिथ्यता रहेको थियो ।  


WhatsApp Image 2024-09-17 at 06.26.22