बिर्तामोड । बिर्तामोड–४ मा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा पुनः सुवास भट्टराई निर्वाचित भएका छन् ।

आगामी चार वर्षे कार्यकालका लागि गरिएको निर्वाचन कार्यक्रममा साविक संचालक समिति र लेखा सुपरिवेक्षण समितिको मात्र मनोनयन दर्ता भएको थियो ।

FB_IMG_1726589090047

तोकिएको समयावधि भित्र कुनै पनि दावी विरोध नआए पछि आगामी कार्यकालका निम्ति पुनः सोही समिती निर्वाचित भएको हो ।

समितीमा साविकका उपाध्यक्ष किरण कपुरी, सचिव इन्द्र बहादुर कार्की, कोषाध्यक्ष मेहरमान बिष्ट नै पुनः निर्वाचित भएका हुन् । यसै गरी सदस्यहरुमा पनि साविककै लिला मुखिया अधिकारी, शशिकला मुखिया सुनुवार, चन्द्रकला भट्टराई, प्रकाश भट्टराई र नविज जोगी नै पुनः निर्वाचित भएका हुन् ।

यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजकमा रमेश कुमार अधिकारी पुनः निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा पनि साविककै मिन प्रसाद गुरागाईं र ओमराज राई निर्वाचित भएका छन् ।