झापा :

सशस्त्र प्रहरी बल नेपालले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मलकुमार कटुवालको कमाण्डमा खटिएको चेकप्वाइन्ट टोलीले लागुऔषध ब्राउनसुगरसहित कमल गाँउपालिका–७

का २५ वर्षीय सन्देश लिम्बू र सोही स्थानका ३६ वर्षीय पूर्णबहादुर लिम्बूलाई झापा गाउँपालिका–१ लसुना सीमा इलाकाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

मंगलबार साँझ करिब ८ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७८४० नम्बरको स्कुटर शंका लागि खान तलासी गर्ने क्रममा स्कुटरको

भाइजरमा लुकाएको अवस्थामा ९।७९० ग्राम ब्राउनसुगरसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल

प्रहरीलाई बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं। २ गण झापाका सूचना अधिकारी निमित्त गणपति सप्रनाउ सुमन पोख्रेलले जानकारी दिए ।