झापा । झापाको मेचीनगर नगरपालिकाबाट सशस्त्र प्रहरी बल नेपालले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

आज काँकरभिट्टा नाकास्थित मेचीपुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका कमल गापा–५ का ४१ वर्षीय दिपेन राईलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

काँकडभिट्टामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट परिचालन भएको Drugs Detection Trade को नं. A071 जात ल्याब्राडोर जोजो नामको लागुऔषध सम्बन्धी बिषेश तालिम प्राप्त Dog र Dog Handler सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सुमन भण्डारी सहितको ४ जनाको टोलीले १० ग्राम लागुऔषध ब्राउनसुगरसहित राईलाई नियन्त्रणमा लिएको हो ।

विशेष तालिम प्राप्त कुकुरद्वारा तलासी लिँदा राईले लागुऔषध मलद्वारमा लुकाई ल्याएको अवस्थामा फेलाको थियो ।