बिर्तामोड 

झापाको बिर्तामोडस्थित मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको छ ।

आज बिर्तामाड भएको अन्तिम माइन्युट प्रमाणिकरण भेलासँगै संस्थाको साधारणसभा सम्पन्न भएको हो । सो अवसरमा संस्थाले दुई जना पत्रकार, चार जना शेयर र दुई वटा सदस्य सेवा केन्द्रलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

WhatsApp Image 2024-09-18 at 06.41.10

संस्थाले पत्रकार विष्णु पौडेल र प्रदीप परियारलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरेको हो । त्यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने कमल पाण्डे, अजस साह, विरबहादुर राई र फुलमाया तामाङलाई सम्मान गरेको छ भने उत्कृष्ट सेवा केन्द्रका रुपमा सदस्य सेवा केन्द्र धुलाबारी र मधुमल्लालाई नगद रू १५ हजार सहित सम्मान गरेको छ ।

WhatsApp Image 2024-09-18 at 06.41.10 (1)

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत लगायतले सम्मानित एवम् पुरस्कृतहरुलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै नगरप्रमुख प्रसाईंले सहकारी संस्थाले एउटा सदस्यबाट लिएको बचत अर्को सदस्यलाई ऋण दिने भएकाले अपवाहको पछि नलागी लिएको ऋण तिर्नुपर्नेमा जोड दिइन । उनले सहकारी संस्थाहरु धेरै भएकाले पनि समस्या हुने गरेको बताउँदै सहकारी संस्थाहरु मर्ज गर्नुपर्ने धारणा राखेका थिए । 

WhatsApp Image 2024-09-18 at 06.41.11

संस्थाका अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा झापा जिल्ला सहकारी संघका सञ्चालक समिति सदस्य केशव बस्नेत, पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई शुभकामना मन्तव्य राखेका थिए । 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत मन्तव्य राखेको  कार्यक्रमको सञ्चालन संस्थाका कर्जा विभाग प्रमुख विजय बस्नेतले गरेका थिए ।  कार्यक्रममा सात वटा इकाइगत साधारणसभाबाट उपस्थित भएका सदस्यहरुले माइन्युट प्रमाणिकरण गरेका थिए । 

सिम्रिकले  झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ४६ वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गरिरहेको छ । संस्थामा ६४२३६ जना शेयर सदस्य र ३२ करोड ९६ लाख ६६ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत आव २०७९÷८० मा ४६ करोड १० लाख २५ हजार ३६९ रुपैयाँ आम्दानी गरेको छ ।

संस्थाले ५ करोड २७ लाख ६५ हजार  ७२४ रुपैयाँ खुद नाफा गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए। सिम्रिकले गत आवको आम्दानीबाट ४१ लाख १३ हजार ८१२ रुपैयाँ राजश्व तिरेको जनाएको छ