झापा, 

बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा व्यवसायी कृष्णप्रसाद बजगाईले ३५ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नो जन्मोत्सवको अवसर पारेर बजगाईले राहत कोषमा रकम उपलब्ध गराएका हुन् । आफ्नो र आफ्ना परिवारका सदस्यको जन्मोत्सवमा हरेक वर्ष सामाजिक क्षेत्रमा लगानी गर्दै आएका उनले यो वर्ष संघले स्थापना गरेको ब्यवसायी राहत कोषका लागि रकम उपलब्ध गराएका हुन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गरे ।

सो अवसरमा वजगाईको सु स्वास्थ्य र आराग्यताको कामना गर्दै प्रशंसा पत्र प्रदान गरिएको छ । संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच उनलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष जीवन खड्का, जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई,महासचिव कुशल खतिवडा, उद्योग सचिव पुकार वराल, कोषाध्यक्ष युवराज निरौला, लगायतले जन्म दिनको शुभकामना सहित वजगाईलाई धन्यवाद दिएका थिए ।  वजगाई बिर्तामोड उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुन् ।