बिर्तामोड । बिर्तामोड ६ बुट्टाबारीस्थित गिरिबन्धु चिया बगान नजिकै आज मृत अवस्थामा फेला परेकी महिला बजार क्षेत्रमा मागेर हिंड्ने गरेको खुल्न आएको छ । 

आज दिउँसो ४ बजेतिर सडक किनारामा अन्दाजी ४५–५० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी महिला  मृत अवस्थामा फेला परेकी थिइन् । 

इप्रका बिर्तामोडका अनुसार उनको पहिचान भने खुल्न बाँकी छ । इप्रका बिर्तामोडका डिएसपी विष्टका अनुसार महिलाको  मृत्युको कारण खुल्न नसके पनि उनको शरीरको बाहिरी भागमा कतै चोटपटक देखिएको छ । 

महिलाको  शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।