भद्रपुर

संविधान दिवसको अवसर पारेर भद्रपुर मावि २०५४÷ ५५ सालका एसएलसी ब्याचका साथी समूहले रक्तदान कार्यक्रम आयोजना गरेका छन् । 

भद्रपुरको झापा चोकमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा १० महिला र ६६ पुरुषले रगत दिएको साथी समूहका अभिषेक बर्मन (गोपेश)ले जानकारी दिए । 

30000

भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर  ४ नम्बर वडा अध्यक्ष हंशधर राजवंशी, ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशी, ५ नम्बर वडा बन्धु कार्की, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दीपेश ढकाल, समाजसेवी धनजुजु श्रेष्ठ, अधिवक्ता सुरज खत्री लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

pic 2 rak

साथै सोही कार्यक्रममा न हेरौँ जात, न समुदाय, न धर्म, रक्तदान जीवनदान सम्झी गरौँ सत्कर्ममा भन्ने उद्देश्य राखेर विभिन्न धर्म गुरुहरूले आआफ्नो धर्मका बारेमा वाचन गरेका थिए । सुखमा पनि, दुःख पनि साथी समूह भर्खरै मात्र गठन भएको हो । 

गुरुपूर्णिममा दिन सो समूहले दर्जनौँ गुरुहरूलाई सम्मान गरिसकेको र यसले विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने समूहका विश्वराज थापाले जानकारी दिए ।