बाह्रदशी –  

नेपाली युवा उद्यमी मञ्च (एन.वाई.ई.एफ) झापाले झापाको बाह्रदशी १ स्थित भागुडुब्बामा निशुल्क बृहत्त स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

आज आयोजित शिविरबाट सामुदायिक विद्यालय अमृत मा.वि.मा अध्ययनरत विद्यार्थी सहित विपन्न करीब चार सय भन्दा बढीले सेवा लिएको आयोजकले जनाएको छ । 

बिराट क्यान्सर इन्सिट्युच र बिराट टिचिंङ अस्पतालको  प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा जनरल फिजिसियन, बालरोग , गाइनो ,हड्डी ,पाठेघरको मुख र स्तन क्यान्सर सम्बन्धी परिक्षण सेवा दिनुका साथै चारआली स्थित नेपाल आर्मीको अरीदमन गणबाट सर्पदंश सम्बन्धी सचेतना प्रदान गरिएको नेपाली युवा उद्यमी मञ्च झापा च्यापटरका अध्यक्ष डाक्टर रुपेशजंग बेलबासेले जानकारी दिए । 

WhatsApp Image 2024-09-20 at 03.12.56 (1)

सामाजिक उत्तरदायित्व वहन गर्दै विपन्न समुदायका नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै शिविरको आयोजना गरिएको मञ्चका प्रथम उपाध्यक्ष गणेश पौडेल बताउंछन् । मञ्चले यस अघि पनि यस्ता सचेतनामुलक कार्यक्रम गर्दै आएको उनले जानकारी दिए । 

संस्थामा आवद्व सदस्यहरुले कमाएको पैसा केहि बचत गरेर समाजकालागि खर्च गर्ने उदेश्य अनुरुप मञ्चले बिभिन्न सामाजिक कार्य गर्दै आएको संस्थापक अध्यक्ष प्रवेश बस्नेतले बताए । 

WhatsApp Image 2024-09-20 at 05.01.23

जस अन्तरगत यो शिविर आयोजना गरिएको हो । शिविरमा नागरिकले स्वाथ्य जाँच गर्नुका साथै औषधी समेत निःशुल्क पाएको बस्नेतको भनाई छ ।  

बिराट टिचिङ अस्पतालका चिकित्सक सहितको १० जनाको टोलीले स्वास्थ्य जाँच सहित सेवा दिएको हस्पिटलका मार्केटिंङ मेनेजर अनिलजंग राईले जानकारी दिए । 

WhatsApp Image 2024-09-20 at 05.01.28

अस्पतालको पहुंजबाट टाढा रहेको विपन्न नागरिकले निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिन पाउंदा खुसी ब्यक्त गरेका छन् ।