झापा

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेसंगै झापामा पनि उनका समर्थक प्रकाउ पर्न थालेका छन् । 

प्रसाई प्रकाउको बिरोधमा उनको गृह जिल्ला  झापामा समर्थकले  उपद्रो गर्नसक्ने भन्दै  दुई जना समर्थकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल ९पीडीएफ० का मेची अञ्चल संयोजक दुरेन राईलाई प्रहरीले पक्राउ गरेको हो । 

आज आइतबार साँझ  बिर्तामोड–३ स्थित   निजी निवासबाट मैनालीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी प्रकाश विष्टले बताए।

त्यस्तै कमल –४, सितापुरीस्थित निजी निवासबाट दुरेन राईलाई इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। प्रसाई पक्राउ परेसंगै  जिल्लामा  अराजक गतिविधि हुनसक्ने भन्दै सुरक्षाकर्मीहरुलाई सतर्क राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।