सन्तोष न्यौपाने÷झापा
झापाका वन जंगलबाट अवैध रूपमा काठको चोरी तथा तस्करी बढेको छ । वन कर्मचारी सहित प्रहरी प्रशासनको सक्रियता बढेको भए पनि अबैध काठ तस्करी नियन्त्रण हुन सकेको छैन । झन बर्षेनी तस्करी बढ्दै गएको छ ।
डिभिजन वन कार्यालय झापाले अवैध रूपमा काठको चोरी तथा तस्करी गर्नेबाट ४ हजार २४३ क्युफिट काठ बरामद गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७९÷८० देखि २०८०÷८१ सम्मको दुई वर्षमा सो परिणामको काठ बरामद गरेको हो । केहि सामुदायिक वनका कर्मचारी पनि काठ तस्करीमा संमलग्न भेटिएका छन् । तस्करमी संमलग्नले नयां नयां तरीका अपनाउंदा तस्करी नियन्त्रण चुनौती बन्दै गएको डिभिजन वन कार्यालय वन कार्यालयको सुचना अधिकारी अन्जना पुरीले बताइन् ।
डिभिजन वन कार्यालय झापाको सुचना अधिकारी अन्जना पुरीका अनुसार आर्थिक बर्ष २०७९÷८० मा १७५५.२१ क्युफिट काठ सहित साइकल, अट्टो, पिकअप, बोलेरो, ट्याक्टर सहित १९ वटा सवारी र १९ जनालाई पक्राउ गरेको थियो । काठ चोरी तस्करीमा संमलग्न ६ जना फरार छन् ।
त्यस्तै गत आर्थिक बर्ष २०८०÷८१ मा २४७९.२९ क्युफिट काठ सहित ४ वटा ट्याक्टर र ४ जनालाई पक्राउ गरेको थियो । आर्थिक बर्ष ०७९÷८० को तुलनामा ०८०÷८१ मा ७२४ क्युफिट काठ बढि बरामद भएको हो ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र बन रक्षक सहित कर्मचारीको सक्रियतामा चोरी तस्करी भएको काठ बरामद गरिएको हो । यता शसस्त्र प्रहरी र नेपाल प्रहरीको तथ्याङ्कले पनि जिल्लामा बर्षेनी काठको तस्करी बढ्दै गएको पुष्टि गर्छ ।