श्री छठ महिला मञ्चले बिर्तामोड ४ स्थित तारा नमस्ते बाल आश्रममा खाद्ययन्न  सहयोग गरेको छ । जितिया पर्वको अवसर पारेर  आश्रमका बालबालिकालाई सोमबार खाद्ययन्न  सहयोग उपलब्ध गराएको हो । 

WhatsApp Image 2024-09-23 at 20.13.11

सहयोग वितरण कार्यक्रमका प्रमुख अतिथि श्री छठ समाज सेवा समितिका निवर्तमान अध्यक्ष राजकुमार गुप्ता, मञ्चकी अध्यक्ष निशा गुप्ता शाहले एक कार्यक्रमकाबिच चामल, तेल, साबुन लगायतका सामाग्री हस्तानतरण गरेका हुन् । 

WhatsApp Image 2024-09-23 at 20.13.14

सहयोग वितरण कार्यक्रममा श्री छठ समाजसेवा समितिका पूर्व अध्यक्षद्वय प्रेमचन्द चौधरी , शत्रुधन चौधरी, श्री छठ महिला मञ्चकी निवर्तमान अध्यक्ष हेमलाता चौधरी सहित मञ्चका पदाधिकारी , सल्लाहकार , संयोजकको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मञ्चको  सचिव पुनम चौधरीले गरेकी थिइन । 

मञ्चको उपाध्यक्ष प्रमिला शाहले स्वागत गरेको कार्यक्रमको औच्तिमाथि  मञ्चकी निवर्तमान अध्यक्ष हेमलता चौधरीले प्रकाश पारेकी थ्यिन ।