बिर्तामोड ।  बिर्तामोडमा ‘द फेशन नेपाल’ आयोजना हुने भएको छ । आयोजक संस्था इलाइट इभेन्टले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर असोज ११ गते द फेशन नेपालको बारेमा जानकारी दिएको हो ।  

इलाइट इभेन्टका प्रवन्ध निर्देशक कुशल गिरीका अनुसार असोज ११ गते बिर्तामोडमा द फेशन नेपालको फाइनल हुन लागेको हो । 

गत असोज १ गते भएको अडिशनबाट छनौट भएका १८ जना प्रतियोगीका बिच प्रतिस्पर्धा हुने इभेन्टका प्रवन्ध निर्देशक गिरीले जानकारी दिए । 


प्रवन्ध निर्देशक गिरीले पूर्वमा फेशन शो एकदमै कम हुने गरेको अवस्थालाई मध्यनजर गरेर बिभिन्न कार्यक्रम गर्दै आएको इलाइटले पहिलो पटक द फेशन नेपाल आयोजना गरेको बताए । अडिशनबाट छनौट भएका १८ जना प्रतियोगीलाई १२ दिनको तालिमसमेत दिइएको बताइएको छ । 

११ गते हुने द फेशन नेपालको फाइनलमा अभिनेत्री करिश्मा मानन्धर र स्थानीय फेशन मोडल सुवानी खड्का क्षेत्रीको समेत उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । फाइनलबाट ब्राण्ड एम्बेसडर, ब्राण्ड मोडल र  कर्मसियल मोडल गरी तीन बिधा छनौट गरिने बताइएको छ ।