बिर्तामोड । 

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिको १२ औं वार्षिक साधारण सभा अन्तरगत आज ९बुधवार० सदस्य सेवा केन्द्र धुलाबारीको इकाइगत साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूले गरेका थिए । 


कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्जा कारोबारकर्ता भीमकुमार विष्ट, उत्कृष्ट आवधिक बचतकर्ता रविना बस्नेत, उत्कृष्ट साधारण बचतकर्ता भीमप्रसाद पौडेल, उत्कृष्ट शिक्षा बचतकर्ता आर्यन÷ आरुष मेचे, गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने पुष्पकमल रिजाल र सौरभ दियालीलाई सम्मान गरिएको हो ।


संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बजारमा आर्थिक मन्दीको व्यापक प्रभाव परे पनि संस्थाको शेयर पुँजी क्रमशः बृद्धि हुँदै गएको बताए ।

उनले गत आव २०८०र०८१ मा संस्थाको शेयर पुँजी ३ करोड ५५ लाख १० हजार ३ सय, कोष हिसाब २ करोड २० लाख १ हजार ६९ रुपैयाँ ४७ पैसा रहेको बताउनुभयो । शेयर र कोष बृद्धिले संस्थालाई अझ बलियो बनाउँदै लगेको उनको भनाइ छ ।


त्यस्तै, कार्यक्रममा संस्थाका लेखा समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै बचत संकलन १८ करोड ५१ लख ४१ हजार ४ सय रुपैयाँ २२ पैसा पुगेको बताए । उनले संस्थामा थप बचत बृद्धिको योजना ल्याउनुपर्ने सुझाव दिए।


यस्तै, संस्थाका ऋण उपसमिति संयोजक एवम् उपाध्यक्ष हेमराज मिश्रले ऋण लगानीका प्रमुख क्षेत्र, रकम र ब्याजदरका बारेमा सदस्यलाई अवगत गराएका थिए । संस्थामा ३८६ जना महिला र ४५७ जना पुरुष गरेर ८४३ जना सदस्यलाई १८ करोड २० लाख ५ हजार ८ सय ८३ रुपैयाँ ५९ पैसा ऋण लगानी गरिएको जानकारी दिए।

इकाइगत साधारणसभाबाट तीन जना प्रतिनिधि छनोट गरिएको छ । अन्तिम माइन्युट प्रमाणीकरणका लागि इकाइगत साधारणसभाले लक्ष्मी पाठक, चन्द्रमणि क्षेत्री र दिलमाया श्रेष्ठलाई प्रतिनिधि छनोट गरिएको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गगरेको कार्यक्रमको स्वागत उपाध्यक्ष हेमराज मिश्रले गरेका थिए । 

कार्यक्रममा सञ्चालक समिति सदस्य चिजा राई, लक्ष्मीप्रसाद घिमिरे, लेखा समिति सदस्य लक्ष्मी देवान, व्यवस्थापक तीर्थराज तिम्सिना, सेवा केन्द्र प्रमुख सुशीला ढकाल लगायतको उपस्थिति रहेको थियो ।