बिर्तामोड । 

झापाको बिर्तामोड स्थित नमूना टोल विकास संस्थामा सञ्चालित बिर्तामोड चिल्ड्रेन अस्पताल तेस्रो वर्षमा प्रवेश गरेको छ । अस्पतालले आज एक कार्यक्रमकाबिच बार्षिकोत्सब मनाएको हो ।   

झापामा बाल अस्पतालको अभावमा बाहिर गएर उपचार गराउनु पर्ने बाध्यताको अन्त्यकालागि बिर्तामोडमा पहिलो बाल अस्पताल खोलिएको अध्यक्ष लीला मैनालीले जानकारी दिइन । 

उनले अगामी दिनमा सेवा विस्तार गर्ने लक्ष्यकासाथ अस्पताल अगाडि बढेको बताइन ।  अस्पतालमा उपचारको क्रममा  कहिले कांहि दुःखद घटना पनि हुने गरेको बताउंदै अध्यक्ष मैनालीले अस्पताल प्रशासन संग यर्थाथ बुझेर मात्र समाचार सम्प्रेशण गरिदिन  पत्रकारसँग आग्रह गरिन् ।

WhatsApp Image 2024-09-26 at 05.42.30 (1)

अस्पतालले बितेको एक वर्षमा मात्र २ हजार ७५१ जनालाई ओपिडी सेवा ,  १ हजार ७४ जनालाई इमरजेन्सी सेवा,  २ हजार १७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको अस्पतालका बालरोग विशेषज्ञ डा. रूपक आचार्यले कार्यक्रममा जानकारी गराएका थिए । 

उनले आफुहरुको अस्पतालमा उपचारार्थ भर्ना भएका ९९ प्रतिशत बिरामीको सफल उपचार पछि निको बनाएर पठाएको दावी गरे । 

बालबालिकामा अधिकमात्रामा देखा पर्ने मेनेन्जाइटिस, दिमागमा अक्सिजनको कमी, मुटुको समस्या, अटिजमजस्ता समस्याहरुको सफल पहिचान र उपचारकै कारण ९९ दशमलव ९ प्रतिशत बिरामीको सफल उपचार भएको डा. आचार्यले बताए । 

पत्रकार लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा स्वागत अस्पतालको सिइओ डा. सुजाता मैनाली आचार्यले गरेकी थिइन । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र नमूना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकीले शुभकामना मनतब्य राखेका थिए ।