काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री डा। धवल शमशेर राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गरेका छन्।
राप्रपाका सांसदसमेत रहेका राणाले बिहीबार सामाजिक सञ्जालमार्फत प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका हुन्। उनले नागरिकको अधिकार सुनिश्चित गर्दै कानुनबमोजिम प्रसाईंको रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

‘मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता ,प्रजातान्त्रिक समाज र सार्थक प्रजातन्त्रका आधार हुन्। सबै नागरिकको हक अधिकारको सुनिश्चितता कानुनी राज्यको मान्यता भएअनुरुप कानुनबमोजिम अभियन्ता दुर्गा प्रसाईको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछु,’ राणाले लेखेका छन्।
प्रसाईंलाई प्रहरीले आइतबार भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। साइबर अपराधको कसुरमा उनीविरुद्ध एक महिलाको उजुरी परेपछि नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। deshsanchar.com bata

_1736908732.jpg)