बिर्तामोड ।
झापाको बिर्तामोडमा सञ्चालित आदर्श स्कुल अफ मेनेजमेन्टले पर्यटन र शान्तिको नारासहित आज ९शुक्रवार० विश्व पर्यटन दिवसलाई लक्षित गरी ऎक्यबद्वता जनाएको छ। स्कुलले प्रत्येक सेप्टेम्बर २७ तारिखका दिन अन्तर्राष्ट्रिय दिवस मनाउने छ ।
नेपालको पर्यटन नै देश को मुख्य आर्थिक उपार्जनको एक श्रोत हुनेमा दुई मत नरहेको स्कुलले जनाएको छ । सेवा प्रदायक संघसंस्थाले पर्यटनलाई एक महत्त्वपूर्ण अवसरको रुपमा लिनु पर्न भएकालेसमेत होटेल मेनेजमेन्टका विद्यार्थीलाई आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले विविध कार्यक्रम गरेर पर्यटन दिवस मनाएको हो ।
आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा कार्यक्रम गरिएको हो। कार्यक्रममा ३५० बढी विद्यार्थीको सहभागीता रहेको कलेजका बजार तथा इभेन्ट कोडिनेटर दीपक दासले जानकारी दिए।