बिर्तामोड

 झापाको कन्काई  नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।आज दिउँसो अन्दाजी ३ः३० बजे शिवसताक्षी–७ स्थित कनकाई नदीको पानीको बीच भागमा बेवारिसे शव भेटिएको हो ।

तत्काल नाम, थर, वतन नखुलेको पुरुष मानिसको शव घोप्टो परेर शरीर सुन्निएर गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय शिवगञ्जमा खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली पुगेर शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आजै मेची नदीमा एक बेवारिसे शव भेटिएको थियो । दिउँसो १ बजे भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलस्थित मेची नदीको बीच भागमा डुबेको अवस्थामा एकजना पुरुषको शव भेटिएको हो ।