चाड–पर्वलाई लक्षित गर्दै आजबाट काँकरभिट्टा बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । 

जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, ईप्रका काँकरभिट्टा  र यातायात कार्यलय , यातायात व्यवसाय संघको संयुक्त पहलमा यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो ।

यात्रु सहायता कक्षको शुभारम्भ गर्दै झापाका  प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले  गन्तव्यमा हिँडेका यात्रुहरुलाई ठगीमा पर्नबाट यसले जोगाउने विश्वास व्यक्त गरे ।

FB_IMG_1727783240533

प्रमुख जिल्ला अधिकारी बास्तोलाले यात्रुहरुलाई ठगीबाट बच्न यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। हरेक स्थानको भाडा दर र समय तालिका यात्रु सहायता कक्षमा अनिवार्य राख्न र नागरिकहरुलाई सहजीकरण गर्न समेत उनले निर्देशन दिए । 

FB_IMG_1727783230278

नेपालीहरुको महान चाड बडादशैँ , शुभ दिपावली एवम् छठ पर्वलाई लक्षित गरेर यात्रुहरुलाई सहज र सुरक्षित यात्राका लागि पूर्वी सिमावर्ती सहर काँकरभिट्टाको बसपार्कमा यात्रु सहायता कक्ष ९हेल्प डेक्स० स्थापना गरिएको छ भने बुधबारे , विर्तामोड र दमकमा समेत नागरिक सहायता कक्ष राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए।  

यात्राको क्रममा कुनै प्रकारको असहज महसुस भएमा र सामान छुटेमा नजिकैको यात्रु सहायता कक्षमा सम्पर्क गर्न र सहयोग लिन समेत प्रहरीले अनुरोध गरेको छ ।

FB_IMG_1727783236779

 जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले दसैँ(तिहार र छठमा अभियानका साथ विशेष सुरक्षा योजना सुरु गरेको र यसमा सबैले समन्वय गरेर अगाडि बढ्न समेत आग्रह गरेका छन्।

साथै, चाडपर्वलाई लक्षित गरी जिल्लामा एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट पनि जिल्लाका विभिन्न स्थान तथा राजमार्गमा सुरक्षा गस्तीहरू बढाइएको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय झापाका प्रमुख प्रेमप्रसाद सापकोटाले सबैले आ(आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गर्दा सवारी दुर्घटना न्यूनिकरण हुन सक्ने बताए । उनले ट्राफिक नियमको पुर्ण पालना चालकले मात्रै नभएर यात्रुहरुले समेत गर्नुपर्नेमा जोड दिए।