झापाको मेचिनगरका युवा व्यवसायी तथा सामाजिक ब्यक्तित्व  नयन बरालले एक बिपन्न विद्यार्थीलाई कक्षा १२ सम्म निशुल्क अध्यापन गराउने घोषणा गरेका छन् ।

निर्माण व्यवसायी समेत रहेका बरालले आज पर्न गएको आफ्नो छोराको जन्मदिनमा विपन्न छात्र शर्मिला भुजेलको सम्पुर्ण कक्षा १२ सम्म लाग्ने अध्ययन खर्च बेहोर्ने घोषणा गरेका हुन् । 

IMG-20241001-WA0024

बरालले छोरा उदेश्य १० अ‍ौँ बर्षमा प्रबेश गरेको अवसर पारेर विपन्न भुजेललाई सहयोग घोषणा गर्दै आज नगद १० हजार उपलब्ध गराएका छन् । 

भुजेल मेचिनगर ११ को बलभद्र माविमा कक्षा ५ मा पढ्छिन । उनको कक्षा ५ देखि १२ कक्षा सम्म लाग्ने सम्पुर्ण  पढाई खर्च सहयोग गर्ने बचनले विद्यार्थी भुजेलकी आमा उर्मिला खुसि भएकी छन् ।

विद्यार्थी भुजेलको बुबाको मृत्यु भईसकेको छ भने आमा मजदुरी गर्छिन । IMG-20241001-WA0022

जन्मदिनमा गरिने फजुल खर्च कटौती गर्दै सामाजिक उतरदायित्व  निर्वाह गर्दै सानो सहयोग मात्र उपलब्ध गराएको बरालले बताए । 

आर्थिक अभाबका कारण पढ्ने ईच्छा भएर पनि नसक्ने विपन्न बिद्यार्थीलाई सहयोग गर्नु सबैको कर्तब्य र दायित्व भएको बराल बताउँछन् । 

सहयोग हस्तानतरण कार्यक्रममा स्कुलका अध्यक्ष शान्तिराम चिमरिया, सल्लाहकार ओम पौडेल, प्रधानध्यापक तुलसी सुबेदि, शिक्षक होम ढकाल लगायतले खुसि ब्यक्त गर्दै बरालले गरेको सहयोगको प्रशँसा गरे । 

कार्यक्रममा बराल सहित उनको श्रीमती शान्ति, छोरा उदेश्य सहित उत्कृष्ट बरालको उपस्थिति रहेको थियो । 

कार्यक्रममा उदेश्यले चकलेट बितरण संगै केक काटेर सामुहिक जन्मदिन मनाएका थिए ।