चारपाने : झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो बर्ष प्रवेश गरेको छ । चौथो बर्ष प्रवेशको अवसरमा शब्दपत्र डटकमले सहयोगीलाई सम्मान र सञ्चालकलाई प्रमाणपत्र बितरण गरेको छ ।
शब्दपत्र प्रकाश प्रा.लि.का अध्यक्ष वालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा बिर्तामोड–२ स्थित पर्शुराम पार्टी प्यालेसमा विजयादशमीको शुभकामना आदन–प्रदानसहित वार्षिकोत्सव मनाइएको थियो ।
कार्यक्रममा सनलाइट ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखाका प्रमुख विनोद राई, र मास ह्युमन रिर्सोर्स प्रालि बिर्तामोड शाखा प्रमुख विकास रेग्मीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका अध्यक्ष वालकृष्ण गिरी, सञ्चालक पावर्वता गिरी, अर्जुन गिरी, तारा दुलाल, उमेश भारती र सम्पादक तथा प्रवन्ध निर्देशक उद्धव पुरीलाई समेत प्रमाणपत्र बितरण गरिएको थियो ।
कार्यक्रममा अनलाइनका सम्पादक तथा प्रवन्ध निर्देशक उद्धव पुरीले स्वागत तथा औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रम स्वागत गर्दै सम्पादक पुरीले सवैको साथ सहयोगकै कारण छोटो समयमा एउटा लोकप्रिय मिडियाको रुपमा झापामा स्थापित भएको अनलाइन न्युज पोर्टल शब्दपत्र डटकम भएको बताए ।
कार्यक्रमको सञ्चालन प्रालिका सञ्चालक उमेश भारतीले गरेका थिए ।