कालीस्थान : श्री भद्रकाली कीर्तन मण्डली अर्जुनधारा–९ र १० ले मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । घटस्थापनाको अवसर पारेर कालिकापीठ कालीस्थानमा एक समारोह आयोजना गर्दै मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कालिका संस्कृत विद्यापीठका प्राचार्य आ। रघुनाथ रिजालले भगवानको नाम संकीर्तनले कलियुगमा सिद्धी प्राप्त हुने बताए ।
सत्य, त्रेता, द्वापर युगमा ध्यान, योग, यज्ञमार्फत गरिने पूजा–उपासनाबाट सिद्ध एवं योगी र तपस्वी पुरुषहरुले प्राप्त गरेको सिद्धी कलियुगमा भगवानको नाम संकीर्तनबाट प्राप्त हुने कुरा विभिन्न धर्मशास्त्रहरुको उल्लेख रहेको प्राचार्य रिजालले बताए ।
विभिन्न ८ बढी कीर्तन समूह आबद्ध रहेको ॐकार कीर्तन मण्डलीको संयोजन र आबद्ध कीर्तन मण्डलीहरुको आयोजनामा हुने मासिक सत्सङ्ग कार्यक्रमका बीच भद्रकाली कीर्तन मण्डलीलाई सहयोग पु¥याउने झापा धुलाबारी निवासी समाजसेवी कल्याण खड्का र पवित्रा खड्कालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
विष्णुमाया कडरियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि इन्दु पूर्वेली, विभिन्न कीर्तन मण्डलीका अध्यक्ष एवं प्रतिनिधिहरुले शुभकामना मन्तब्य एवं भगवानको नाम संकीर्तन गरेका थियो । रेणु बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजु पौडेलले गरेका थिए ।