बिर्तामोड । झापाका विभिन्न ६ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ । चाडपवलाई लक्षित गरेर सशस्त्र प्रहरी बल हेटक्वार २ नम्बर गण नेपालले झापाको गौरीगञ्ज, टागनडुब्बा, घेराबारी, महेशपुर, भद्रपुर र काँकरभिट्टामा सहायता कक्षा स्थापना गरिएको हो ।
नेपालको पूर्वी सीमा काँकरभिट्टा नाका हुंदै स्थाल मार्गबाट भित्रने पर्यटकहरुको सहजताकालागि सहायता कक्षसँगै पर्यटक कक्षसमेत राखिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गणका एसपी कबिन्द्र राईको भनाई छ ।
चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्न हेल्प डेस्क राखिएको उनले बताए ।
दशैँ, तिहार तथा छठपर्व लगायतका चाडबाडका बेला सीमा नाकाबाट गन्तव्यतर्फ जाने आम नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले कक्ष राखिएको उनले बताए ।