झापा । 

 जिल्ला ट्राफिक कार्यालय झापाले चालु आर्थिक बर्षको २ महिनाको अवधिमा नौ हजार सात सय ६९ सवारीसाधन कारबाही गरेको छ ।

कागजात नहुने, क्षमता भन्दा बढी लोड बोक्ने तथा ट्राफिक नियंम उल्घंन गर्ने  लगायतका ती सवारी कारवाहीबाट ट्राफिक प्रहरीले सो अवधिमा ६६ लाख १५ हजार राजस्व सङ्कलन समेत गरेको छ । 

कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार सो अवधिमा एक हजार छ सय ८४ जिप, कार तथा भ्यान,एक हजार दुई सय ३१ मोटरसाइकल, छ सय ९६ ट्रक, दुई सय १० बस, एक सय ७४ टिपर, एक सय ८४ ट्रयाक्टर र तीन सय छ टेम्पो कारबाहीमा परेका हुन् । 

साथै सो अवधि साउन महिनामा  १० र भदौमा छ गरी सवारी दुर्घटनामा १६ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा दुई सय ३६ दुर्घटना भएका छन् ।