बिर्तामोड ।

झापाको  बिर्तामोड ३ मा सञ्चालित लिंकन मन्टेश्वरी स्कुलले बडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।आज बिद्यालयमा कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा बालबालिकासँग शुभकामना आदान–प्रदान गरिएको हो ।

कार्यक्रममा मन्त्री कार्कीले बिद्यालयमा अध्ययनरत साना–साना बालबालिकालाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए । मन्टेश्वरी माध्यमबाट अध्ययन हुने सो बिद्यालयमा हाल ४० जना बालबालिकाहरु अध्ययनरत र ७ शिक्षिका रहेका बिद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

WhatsApp Image 2024-10-09 at 07.38.16

कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, हिसान झापा सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, नगर सचिव सुरेन्द्र खरेल, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा, कन्चन अंग्रेजी माबिका प्रधानाध्यापक दीपक चम्लागाँई, लेखक तथा पत्रकार तीर्थराज सिग्देललगायतको आतिथ्य रहकोे थियो ।