झापा । 

समाजसेवी शेरबहादुर थापाको पहल तथा अगुवाईमा हुलाकी राजमार्ग अन्तरगत झापा गाउँपालिका– ५ पन्थापाडास्थिति बिरिङ खोलमा अस्थायी फलामे पुल निर्माण भएको छ । असोज ११ गतेको वर्षापछि खोलामा आएको बाढीले बिरिङ पुलको बाटो कटान गरेको थियो । 

WhatsApp Image 2024-10-11 at 00.26.03

बाढीले पुलको पश्चिम साइटको २० मिटर जति भाग कटान गरी क्षति पुराउँदा आउजाउ बन्द भएको थियो ।  बिरिङ पुल चढन अहिले अस्थायी रुपमा फलामे पुल निर्माण गरिएको हो । 

WhatsApp Image 2024-10-11 at 00.26.33

१५ दिनपछि आउजाउ सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । निर्माण व्यवसायी तथा समाजसेवी शेरबहादुर थापाको पहल र झापा गाउँपालिका–५ का वडाध्यक्ष कृष्णप्रसाद राजवंशी तथा  स्थानीयको सहयोगमा अस्थायी फलामे पुल बनाइएको हो । सो पुल पाँच दिनमा बनाइएको हो । अरु दशैंमा रमाइलो गरिरहेका बेला समाजसेवी थापा भने जनताका काममा व्यस्त बनेका हुन् । 

WhatsApp Image 2024-10-11 at 00.26.02

उक्त पुलको समाजसेवी थापा, उनकी श्रीमती निर्मला थापा, वडाध्यक्ष राजवंशी लगायतले बिहिबार उद्धघाटन गरे । 

IMG-20241007-WA0002


निर्माण गरिएको फलामे पुल ६.५ फिटको चौडाइ र २४.५ मिटर लम्बाई रहेको छ । पुल निर्माण गर्न करिब ३ लाख खर्च भएको जनाइएको छ । उक्त पुलबाट आउजाउ बन्द भएसँगै बाह्रदशी, हल्दीबारी, झापा, कचनकवलका स्थानीयलाई समस्या परेको थियो ।

IMG-20241007-WA0000

स्थानीयले २० किलोमिटर दुरीमा रहेको सदरमुकाम भद्रपुर जान सुरुङ्गा, बिर्तामोड हुँदै ६५ किलोमिटर दुरीको यात्रा गर्न बाध्य भएका थिए । 

अहिले फलामे पुल सुचारु भएपछि पैदल यात्री, साइकल यात्री, मोटरसाइकल र अटोलाई चाडपर्वको बेला ठुलो राहत मिलेको छ ।