काठमाडौं । पशुपतिनाथको स्वामित्वको धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली आज पनि रित्तो हात फर्किएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा दिन नमानेपछि नगर प्रहरीको प्रयास असफल भएको हो ।

महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरीरप्रशासनको सहयोग खोजेको थियो । सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक भएनन् । उनले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए ।nepalpress.com