प्रहरी नायव निरीक्षक जीवन कुमार कार्कीलाई उत्कृष्ट लागु अ‍ौषध अपराध अनुसन्धान कर्ता प्रहरी  पुरस्कार प्रदान गरिएको छ । 

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा  प्रहरी नायव निरीक्षक कार्कीलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उत्कृष्ट अनुसन्धान कर्ता पुरस्कार प्रदान  गरेका हुन् । 

उनी समग्र कोशी प्रदेश प्रहरीलाई प्रतिनिधित्व गर्दै लागू औषध अपराध नियन्त्रण विधामा सर्वोत्कृष्ट अनुसन्धानकर्ता विधामा पुरस्कृत भएका हुन् ।

FB_IMG_1729041244437

उनी ईप्रका भेडेटारमा इन्चाज रहंदा पटक पटक गरी ठुलो परिणाममा लागु औषध नियन्त्रणमा लिन सफल भएका थिए ।

उनले तरकारी बोक्ने गाडि, एम्बुलेन्स, तेलको ट्याङ्कर लगायतमा लुकाई छुपाई लाँदै गरेको अवस्थामा मानिस सहित ठुलो परिणामको लागु औषध बरामद गरेका थिए । उनले त्यहाँ रहँदा गरेकाे कार्य सम्पादनका अाधारमा प्रहरी प्रधान कार्यलयले उनलाई पुरस्कृत गरेकाे हाे । 

साथै उनले भेडेटारमा लागु औषध नियन्त्रणकालागि समुदायमा सचेतना प्रदान गर्न अहम भुमिका निर्वाह गरेका थिए । कार्कीले जिल्ला ट्रफिक प्रहरी कार्यलय झापामा रहंदा पनि उत्कृष्ट कार्य सम्पादन गरेका थीए । उनी प्रहरी संगठनमा अपराध अनुसन्धानमा अब्बल मानिन्छन् । 

कार्की हाल ईप्रका पशुपतिनगरमा कार्यरत छन् ।