बिर्तामोड : 

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज झापाको बिर्तामोडस्थित गिरी बन्धु टी स्टेट अगाडि प्रदर्शन गरेका छन् । चिया बगानको मूल गेटमा उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै बिरोध गरेका हुन् ।

पूर्व गृहमन्त्री समेत रहेका  पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपाका कार्यकर्ताको जुलुस निस्किएको हो । 

गिरीबन्धु चिया बगानको जग्गा बेच्न कानुनी अड्चन फुकाउन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका रहेको भन्दै रास्वपा कार्यकर्ताले  गिरी बन्धु टी स्टेट अगाडि प्रदर्शन गरेका हुन्। रास्वपाले आज देशभर विरोध प्रदर्शन गरिरहेको छ।