बिर्तामोड(

झापाको कमलगाउंपालिका स्थित पाडाजुँगीमा स्थानीयले यात्रुवाहक बसमा आज शनिवार आगजनी गरेका छन् । सवारी दुर्घटनामा मानिसको मृत्यु भएपछि आक्रोशित भीडले आज दिउंसो बसमा आगो लगाएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र। १ ०१ ००१ख ३४३५ नम्बरको बसले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार मोरङको केराबारी ७ का पदम राईको घटनास्थलमै मृत्यु भएको थियोे । राईको मृत्यु भएपछि आक्रोशित भीडले बसमा आगो लगाएको प्रहरीले जनाएको छ । घटनापछि पूर्वपश्चिम राजमार्ग केहि घण्टा अवरुद्ध भएको थियो । पछि प्रहरीको समन्वयमा सडक अबरुद्ध हटाइएको थियो ।