ताप्लेजुङ — 

ताप्लेजुङ स्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ५ हजार ९ सय ८३ जनाले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो संख्या यो सिजनकै सबैभन्दा बढी हो ।

३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिरमा असोज महिनामा ५ हजार ९ सय ४९ जना मात्रै तिर्थयात्री पाथीभरा पुगेर दर्शन गरेको हो ।  असोज १० गतदेखिको वर्षा र बाढीका कारण यो वर्ष पाथीभरा आउने तिर्थयात्री पनि प्रभावित भएका थिए ।

पाँचथर हेवाखोलाको पुल बगाएपछि र मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध भएपछि नवरात्रको समयमा पनि पाथीभरा सुनसान बनेको थियो । पाथीभरामा यो सिजन र चैते दसैँको सिजनमा अत्यधिक तिर्थयात्री आउने गरेका छन् ।

शनिबार बिहान २ बजेदेखि सुरु भएको दर्शनार्थीको चाप दिउँसो २ बजेपछि मात्रै कम भएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।