बिर्तामोड । 

झापाको बिर्तामोड ५ स्थित शनिश्चरेरोडको सार्वजनिक भित्रि सडक खनेर अलपत्र पारेको बिषयमा  सम्बन्धीत सरोकारवाला निकायलाई  जानकारी गराउंदा  कुनै सुनवाई नभएको स्थानीयले आरोप लगाएका छन् । ब्यक्तिगत प्रयोजनकालागि शनिश्चरेरोडस्थित शिवाकोटी म्यानपावर छिर्ने भित्रि सडकमा खाल्डो खनेर अलपत्र पारिंदा त्यसबाट पैलयात्री र स्थानीयलाई समस्या भएको   बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य समेत रहेका ब्यवसायी केदार खनालले जानकारी दिए , 

उनले यस बिषयमा वडा कार्यालय र बिर्तामोड नगरपालिकालाई निवेदनसहित ध्यानाकर्षण गराउंदा समेत व्यवस्था गरिएको उनले बताए ।  उनले टोल सुधार समितिका अध्यक्षलाई पनि मौखिक जानकारी गराएको बताए । 

 भक्तिप्रसाद सुवेदीको घरमा खानेपानी नआएको भन्दै २ फिट गहिरो २०० मिटर लामो खाल्डो खनिएको हो । जसका कारण सार्वजनिक सडक बिग्रीएर र स्थानीय सर्वसाधारणले दुःख पाएको साथै सार्वजनिक सम्पत्ति जधाभावी खनिंएको खनालको भनाई छ । खनालका अनुसार घरधनी सुवेदी काठमाण्डौंमा बसोबास गर्छन । 

खानेपानीका सचिव र उपाध्यक्षलाई फोन मार्फत जानकारी गराउँदा उनीहरुले सडक खन्ने बिषयमा घरधनिसँग कुनै कुरा नभएको बताएका खनालले जानकारी दिए । उनले आफुले ब्यक्तिगत फाइदा भन्दा पनि सार्वजनिक सम्पत्तिको रक्षा गर्न खोजे पनि राजनीतिककै कारण आफ्नो निवेदनको सुनवाई नभएको गुनासो गरे ।