इलाम । 

वीरता रिर्डसको आयोजनामा साहित्य पत्रकारिता सम्बन्धी लेखन कार्यशाला इलामको रोङ गाउँपालिमा सम्पन्न गरिएको छ । पर्यटनलाई साहित्यसँग जोड्ने उदेश्यले झापाको बिर्तामोडबाट पर्यटकको नयाँ गन्तव्य स्थल किराँत पार्क सम्मको यात्रा तय गर्दै उक्त स्थानमा लेखन कार्यशालाको आयोजना गरिएको थियो । साहित्य पत्रकार मञ्च र झापाली साहित्य समाजको सहकार्यमा आयोजित कार्यशालामा झापाका पत्रकार , साहित्यकार र लेखकहरुको बाक्लो उपस्थिति रहेको थियो । 

वीरता रिर्डस किताब मेला यात्रा १ नाम दिइएको भ्रमणमा साहित्यमा प्रकृतिको सम्बन्ध, साहित्यमा आवश्यक शव्द र अलङकारको चयन, भाषिक शुद्वता, साहित्य पत्रकारितामा पत्रकारको उर्जापूर्ण सहभागिता, लेखन शैलीको सिद्वान्तपूर्ण समावेशितालगायतका विविध विषयमा कार्यशाला गोष्ठीमा छलफल भएको   थियो । 

लेखन कार्यशालाका प्रशिक्षक साहित्यका तथा पत्रकार सन्तोष आर्चायले पत्रकारिता हतारिएको साहित्य हो भनेर उम्कन नपाउने बताए । उनले साहित्य र जीवनको अन्तर सम्बन्ध रहेको बताए । आचार्यले जीवन वर्तमानको चालक र विगत इतिहासको चित्रण रहेको प्रकाश पारेका थिए । उनले साहित्य किन लेख्दै छु हेक्का साहित्यकारहरुले राख्नु पर्नेमा जोड दिए ।

त्यस्तै  लेखक कुमार भट्टराईले साहित्य लेखनको विधी प्रगतिशिलका साहित्यका सन्र्दभमा प्रकाश पारेका थिए । उनले मको उदाहरण दिदै  मानविय परिचय आफ्नो कर्ममा निर्भर पर्ने बताए। उनले झापामा साहित्य पत्रकारीता नै हुन नसकिरहेको बेलामा यस किसिमको लेखन कार्यशाल हुनु आफैमा सुन्दर पक्ष रहेको बताए। 

प्रशिक्षणका अर्का प्रशिक्षक कार्यक्रमका संयोजक लेखक पत्रकार तीर्थ सिग्देलले साहित्यलाई पर्यटनसँग जोड्दै साहित्य पत्रकारितामा कलम चलाउन चाहनेहरुका लागि लेखन कार्यशाला  कोशेढुङगा सावित  भएको बताए। उनले साहित्य पत्रकार मञ्च, झापाली साहित्य समाज र रोङ गाँउपालिकाका अध्यक्ष मणिकुमार तामाङलाई सहकार्य र सहजीकरणमा पु¥याएको भुमिका प्रति विशेष धन्यवाद व्यक्त गरे ।   कार्यक्रमको सञ्चालन साहित्य पत्रकार मञ्चका सचिव भरत प्रसाईले गरेका थिए ।