झापा । 

जुवा जन्य तास र कौडासहित झापाबाट १३ जना जुवाडे पक्राउ परेका छन् । हल्दिबारी गाउँपालिका वडा नम्बर १ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवा जन्य तास तथा कौडा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा हल्दीबारी–१का ६३ बर्षिय यज्ञराज त्रिताल, सोही स्थानका ४५ बर्षिय  बीरबहादुर गुरुङ, ४२ बर्षिय रामनाथ साह, ६१ बर्षिय भानुभक्त नेपाली, ६२ बर्षिय  अशोक राई, ६१ बर्षिय सरोज दाहाल, ३८ बर्षिय प्रकाश गिरी रहेका छन् । 

त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ५२ बर्षिय राजन चुडाल भद्रपुर नगरपालिका वडा नम्बर १० का ५५ बर्षिय राजेन्द्र तुलाधर, सोही स्थानका ४३ बर्षिय माधव भट्टराई, ५८ बर्षिय रामबाबु राउत,भद्रपुर–७ का ४५ बर्षिय बिशाल अधिकारी रभद्रपुर–८ का सुबास न्यौपाने छन् । 

गएराति अन्दाजी १०ः३० बजेको समयमा  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५ रुपैयाँसहित कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच ११ र किप्याड २ थान मोबाईल समेत बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

नियन्त्रण गरिएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय  झापाले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । संकेत तस्वीर