दुर्गा प्रसाईका समर्थक कारागार चलान भएका छन् । कर्तव्य ज्यान मुद्धामा पक्राउ परेका ९ जना आज पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानका संयोजक प्रसाई पक्राउको बिरोधमा उत्रिएका समर्थकले भारतीय ट्रकमा आगजनी गरेका थिए । 

समर्थकले आगजनी गरेको भारतीय ट्रकका चालकको मृत्यु भएपछि उनका समर्थकलाई कर्तव्य ज्यानमा कारवाही अगाडी बढाएको थियो । झापा जिल्ला अदालतबाट आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा म्याद थप लिई अनुसन्धान भइरहेकोमा भारतमा उपचारार्थ ट्रक चालक पोदो रायको गत असोज १९ गते मृत्यु भएपछि कर्तव्य ज्यानमा समेत थप कारवाही अगाडी बढाइएको थियो ।

ज्यान मुद्धामा कारागार चलान हुनेहरुमा हल्दिबारी –१स्थायी ठेगाना भई हाल बिर्तामोड ५ बस्ने राष्ट्र, राष्ट्रियता ,धर्म ,संस्कृति ,नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन पीडीएफका झापा संयोजक ४० वर्षीय भिम तुम्बापो लिम्बू, पीडीएफका सहसचिव बिर्तामोड– ७ बस्ने ३३ वर्षीय सुरेश चौधरी, पीडीएफका सदस्यहरु हल्दिबारी १ बस्ने २४ वर्षीय विवश लिम्बू, बुद्धशान्ति –४ बस्ने बलिहाङ माबो लिम्बू,

पीडीएफका मेचीनगर इन्चार्ज मेचीनगर– ६ बस्ने ३४ वर्षीय राजेश महत, पीडीएफका कोषाध्यक्ष अर्जुनधारा– ९ बस्ने ३८ वर्षीय रुद्र भुजेल, पीडीएफका सल्लाहकार हल्दिबारी– १ बस्ने ५१ वर्षीय विरबहादुर गुरुङ , पीडीएफका सदस्य बिर्तामोड– ३ बस्ने ३५ वर्षीय उदय लिम्बू र पीडीएफकै सदस्य बाह्रदशी–६ बस्ने अन्दाजी २४ वर्षीय खगेन्द्र राजवंशी रहेका छन् । फरार रहेका राजवंशीलाई प्रहरीले पछि पक्राउ गरेको थियो ।


अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई काठमाडौमा पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरुले गत असोज ६ गते राति १०।३० बजे कनकाई नगरपालिका वडा नं। ८ स्थित बिरिङ पुलमा भारतको सिलिगुडीबाट प्लाईको फेस पत्ता बोकी नेपालको सिरहातर्फ गइरहेको कुमार महतोले चलाएको ग्एछठब्त्द्धद्धढघ नं। को भारतीय ट्रक र सोही रातिको बिहान २।३० बजे बिर्तामोड नगरपालिका वडा नं। ६ गिरीबन्धु टि इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट काँकडभिट्टातर्फ जाँदै गरेको पोदो रायले चलाएको ध्द्य ठघ भ् घण्छट नं। को अर्को भारतीय ट्रकलाई आगजनी गरेका थिए । 

ट्रक चालक कुमार महतो घाइते भई भाग्न सफल भएका थिए भने अर्का ट्रक चालक पोदो राय जलेर गम्भीर घाइते भएका थिए । रायलाई बीएण्डसी अस्पतालमा उपचार गरी थप उपचारको लागि भारतको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

साइबर अपराधमा पक्राउ परेका दुर्गा प्रसाई पनि एक लाख रुपैयाँ धरौटी तिरेर ९ दिनपछि रिहा भएका थिए ।