बिर्तामोड ।
दुर्घटनामा मृत्यु भएका नातिनी र हजुरबुबाको शव १२ घण्टापछि उठाईएको छ । शब उठाएपछि अबरूद्ध सडक खुलेको छ ।
कमल गाउँपालिका(३ केरखामा हिजो साँझ दुर्घटनामा सोहि स्थानका १२ बर्षकी नातिनी कृपा लिम्बू र उनका हजुरबुबा ६१ बर्षका टेकबहादुर लिम्बूको मृत्यु भएको थियोे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार झापाबाट काठमाडौं जाँदै गरेको प्र न १(०१(००१ ख ४३३१ नम्बरको यात्रुबाहक बसले इलेक्ट्रिक साइकलमा सवार उनिहरुलाई ठक्कर दिएको थियो । ठक्करबाट उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा घटना स्थलमै उनीहरूको मृत्यु भएपछि पीडित परिवार सहित स्थानियले सो स्थानमा यातायात अवरुद्ध पार्नुका साथै शवलाई सोही स्थानमा राखेर प्रदर्शन गरेका थिए ।
आक्रोशित स्थानीयले केरखामा रहेको ट्राफिक र प्रहरी बीटमा आगजनी गरेका छन् । उनीहरुले ढुङगामुडा गर्दै सो स्थानको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुडा, तोडफोड र आगजनी गरेका थिए ।
स्थानीयले ढुङ्गामुडा गर्दा घटनास्थल नजिकै रहेको मे १ ख २७४४ नं। को र अन्य दुइवटा यात्रुबाहक बस तोडफोड गरेका थिए ।
स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको थियो । घटनामा ९ जना प्रहरी घाइते भएका थिए ।
पीडित परिवारले अहिले भने शव उठाउएका छन्या । शव पोष्टमार्टमको लागि दमक लगिएको छ ।
पीडित परिवारलाई अधिकतम क्षतिपूर्ति उपलब्ध गराउने, घटनाको निष्पक्ष छानविन गर्ने लगायतका सहमति पश्चात परिवारले लाश बुझेको प्रहरीले जनाएको छ । सहमतिपछि यातायात सञ्चालनमा आएको छ ।