झापा
झापाको बाह्रदशीमा कट्टी प्रहार गरी श्रीमतीले श्रीमानलाई घाइते बनाएकी छिन् ।
बाह्रदशी–६ बिहीबारे बजार निवासी ३९ वर्षीया विद्यादेवी आङ्वोले कट्टी प्रहार गर्दा ३६ वर्षीय श्रीमान ज्ञानेन्द्र लिम्बू घाइते भएका हुन् ।
सामान्य घरायसी विवादमा श्रीमतीले श्रीमानलाई कट्टी प्रहार गरेको प्रहरीले जनाएको छ ।
ज्ञानेन्द्रको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
घाइते लिम्बूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । श्रीमानलाई कट्टी प्रहार गर्ने विद्यादेवीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी विष्टले बताए ।