सन्तोष न्यौपाने÷झापा
झापा जिल्लाका किसानले लगाएको अगुवा धानमा ‘डर्टी पेनिकल’ नामक रोगको समस्या देखिएको छ । झापाको अर्जुनधारा, भद्रपुर, गौरादह, बाह्रदशी, हल्दीबारी लगायतका पालिकाका किसानले रोपेको अगुवा सावा मनसुली र सव एक

धानमा यो समस्या देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्टले जानकारी दिए । उनका अनुसार यो रोग झापामा मात्र नभई पूर्वी चितवन र पश्चिम चितवन सहित अन्य जिल्लामा पनि देखिएको छ ।
ज्ञान केन्द्र प्रमुख बिष्टका अनुसार जिल्लाका यी पालिकामा १ सय ५० किसानले लगाएको २ सय बिघा क्षेत्रफलमा लगाइएको धानमा यो समस्या देखिएको छ । यो रोग फैलिएको क्षेत्रमा ८० प्रतिशत उत्पादनमा ह्रास आएको उनको भनाई छ ।

_1736908732.jpg)
उनले भने, ‘यो रोग ढुसी र ब्याक्टेरियाका कारण हुने गर्दछ । अगुवा धानको जातमा यो रोगको समस्या देखिएको हो ।’
यो रोग लागेको धानमा बाला लागेपछि दाना नलाग्ने, पपटा हुने, दाना कालो हुने समस्या देखिएको उनले बताए । उनले यो रोगको पहिचानकालागि राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र खुमलटार काठमाण्डौंमा पठाइएको नमुना परिक्षण पश्चात ‘डर्टी पेनिकल’ नामक रोगको पहिचान भएको जानकारी दिए ।

उनका अनुसार धानमा देखिएको यो रोगका कारण यस वर्ष जिल्लामा उत्पादन घट्ने अनुमान गरिएको छ । अत्याधिक गर्मी र अकश्मात पर्दा यो रोग फैलिने गरेको उनको भनाई छ ।
उनले भने, ‘धानको बीउसँगै यो रोगको सङ्क्रमण देखिने गरेको छ ।
यो रोगबाट बच्न बीउ राख्ने क्रममा बीउ छनोट, ढुसी नासक विषादीको प्रयोग र धानको ब्याड राख्ने बेलामा बिउलाई नै उपचार गर्नु पर्ने कार्यालय प्रमुख बिष्ट बताउंछन् ।