कन्काई यातायात व्यावसायी सघंको २३ औ साधरणसभाबाट सस्थांपक सदस्य कुल प्रसाद केपी ओडारी अध्यक्षमा चुनिएका छन् । ओडारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती निर्वाचित भएको हो ।
आज शनिवार कन्काइ यातायात व्यावसायी सघंको केन्द्रिय कार्यलयमा आयोजित २३ औ साधरण सभाबाट समितीको उपाध्यक्षमा केदारनाथ ओडारी सचिवमा कृष्ण प्रसाद प्रसाई,त्यस्तै सहसचिवमा प्रदिप ओडारी र कोषाध्यक्षमा गगाँराम ओडारी निर्वाचित भएकाछन ।
त्यस्तै सदस्यहरुमा पदम प्रसाद खरेल,टिका ओडारी,रामचन्द्र खरेल र भरत ओडारी निर्वाचित भएको निर्वाचन समिति सयोंजक ओलीले बताए ।
साधरणमा कोशी प्रदेशका सासंद गोपाल विक गजमेरको प्रमुख आथित्यतामा आयोजना गरिएको थियो भने साधरण सभालाइ राष्टिय उपभोक्ता मन्चं झापाका अध्यक्ष मदन गोपाल सुव्वा,आरती बुद्द बस सेवा प्रालिका सल्लाहकार पदम प्रसाई,समाजसेवी भिम ओडारी लगाएतले शुभकामना मन्तव्य राख्दै यातायात क्षेत्रमा लामो समय देखि कन्काइ यातायातले गरेको सामाजिक सेवाको चर्चा गर्नुभएको थियो ।
२०५१ साल मसिंर ५ गते झापाको विर्तामोडमा केन्द्रिय कायलय स्थापना गरि सेवा सन्चालन गरिएको कन्काई यातायातमा विगतमा झण्डै ५५ वटा यातायातका साधनहरु सन्चालन भएका थिए ।