झापा, 

बिर्तामोड ५ मा रहेको नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाले आज १३ औं वार्षिक साधारण सभा विविध कार्यक्रम गरि सम्पन्न गरेको हो ।

बिर्तामोड नगरपालिका सहकारी विभाग प्रमुख मोहन सुवेदीको प्रमुख आतिथ्य तथा संस्थाको अध्यक्ष शुष्मा भण्डारी पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । 

संस्थाको अध्यक्ष पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यलाई उद्यमी बनाउन र व्यवसायीक बनाउन काम गर्दै आएको बताइन । उनले संस्थाले सदस्यको सदैब हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गरिन । 

संस्थाले साधारण सभाको अवसरमा असल ऋणी, असल बचत कर्ता, ज्येष्ठ शेयर सदस्य, ज्येष्ठ नियमित वचत गर्ने सदस्यलाई दोसल्ला ओढाएर नगद सहित सम्मानपत्रद्धारा सम्मान गरेको छ ।  

pic 2 susma

संस्थाले असल ऋणी प्रेमकुमार थपा मगर, ममता गुरुङ श्रेष्ठ, बचतकर्ता कुमार प्रधान, धनकुमारी आचार्य , ज्येष्ठ शेयर सदस्य यमवहादुर बराइली, मुनादेवी भण्डारी, नरवहादुर कटुवाल, बृहस्पति शर्मा घिमिरे र विष्णुमाया घिमिरेलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि सुवेदी र संस्थाको अध्यक्ष पौडेलले सम्मानपत्र प्रदान गरेका थिए । 


त्यस्तै संस्थाले जेष्ठ नियमित बचत सदस्य धनमाया वाङ्देन र शान्ता देवी भट्टराईलाई पनि सम्मान गरेको छ । साथै संस्थाले संस्थालाई निशुल्क  सीसी क्यामेरा उपलब्ध गराउने वीपिन वजगाईलाई समेत सम्मान गरेको छ । उनको अनुपस्थितिमा उनका छोरा बीवान वजगाईलाई सम्मान गरिएको थियो ।  

संस्थाको संस्थापक केशर वहादुर खवासले औतिथ्य माथि प्रकाश पारेको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रेम चन्द्र लिम्बूले गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाको सह सचिव शिव  पौडेलले गरेका थिए । 

कार्यक्रममा सहकारीको आर्थिक प्रतिवेदन लेखा समिति संयोजक गणेशप्रसाद पोखरेलले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बिर्तामोड नगरपालिका ५ का कार्यवहाक अध्यक्ष ओमभक्त सेढाई, गौरवशाली सहकारीका अध्यक्ष युवराज विमली, जिल्ला सहकारी संघ झापाका सदस्य केशव वस्नेत, साना मझौला सहकारीका अध्यक्ष देवका निरौला वस्नेत, शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीको ऋण लिएर पछिल्लो समय हल्लाको पछि लागेर नतिर्ने जमात बढ्दै गएको बताए । उनीहरुले हल्लाको पछि नलानी सहकारीबाट लिएको ऋण सही समयमा तिर्न सबैलाई अनुरोध गरे ।