बिर्तामोड
मदन पुरस्कार विजेता तथा साहित्य चौतारी झापाको संस्थापक सल्लाहकार कृष्ण धरावासीलाई आज अभिनन्दन गरिएको छ । धरावासीलाई साहित्य चौतारीले अभिनन्दन गरेको हो । उनी हाल अमेरिकामा बस्दै आएका छन् ।
संस्थाका मानार्थ सल्लाहकार साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा भएको कार्यक्रममा धरावासीलाई अभिनन्दन गरिएको हो ।
साहित्य चौतारीका संस्थापक संरक्षक एवम् अध्यक्ष देवीभक्त श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उर्मिला बिमली लगायतले साहित्यकार धरावासी र उनकी धर्मपत्नी मञ्जु बिमलीलाई पुष्पहार पहिर्याएर अभिनन्दन पत्र प्रदान गरेका हुन् ।
कार्यक्रममा साहित्यकार धरावासीको व्यक्तित्वमाथि गणेश निरौलाले प्रकाश पारेका छन् । कार्यक्रममा संस्थाका सल्लाहकार साहित्यकार हरिनारायण भट्टराईको दोस्रो कृति संस्मरण एक समीक्षा अनेकको विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव तुलसी निरौलाले गरेका थिए ।